गुप्ता कपिलवस्तु क्षेत्र नं ३ नेकपा एमालेको पदमा उम्मेदवारी दिने


धर्मेन्द्र कुमार कुर्मी
गेडुवाजोत । कपिलवस्तुमा क्षेत्र नम्बर ३ मा मंगल प्रसाद गुप्ताले सांसद पदमा उम्मेदवारी दिने पक्का भएको नेकपा एमालेले जनाएको छ । यो क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टीले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन ।
जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ लाई समृद्ध बनाउने आफ्ना चाहना गुप्तको भनाई रहेको छ, यसका लागी सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् । आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले बताएका छ्न । मंगल प्रसाद गुप्ता असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए ।
स्थानीय जनताको भनाइ अनुसार नेकपा एमालेको पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।नेकपा एमालेको लागि निरन्तर काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन्





