देश

    मकवानपुरको भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो (अपडेट)

    नवलपुर टुडे
    २०७९ अशोज ६ | मध्यान्ह ०५:०६ बजे

      मकवानपुर, असोज ६ । मकवानपुरको भीमफेदीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

      काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा.३ ख ७८५८ को मिनिबस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई उद्धार गरी हेटौँडा पठाइएको छ ।

      सामान्य घाइते भएका एकजना यात्रुले बसमा ३१ जना सवार रहेको बताएको उपाध्यक्ष श्रेष्ठले बताए । ती यात्रु बसको क्याबिनमा बसेका थिए । उनले बढी यात्रुका कारण दुर्घटना भएको बताएको श्रेष्ठको भनाइ छ ।

      श्रेष्ठका अनुसार दुर्घटनापश्चात् काठमाडौं–हेटौँडा सडकखण्ड अवरुद्ध भएको छ र सबैसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको छ ।

        कमेन्टहरु