रुकुम-पूर्वमा बस दुर्घटना : ४ जनाको मृत्यु, १२ जना घाइते

नवलपुर टुडे
२०७९ अशोज ६ | मध्यान्ह ०४:०६ बजे

रुकुम, असोज ६ । रुकुमपूर्वमा बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । बिहीबार दिउँसो करिब ३ बजे जिल्लाको भूमे गाउँपालिका-३ क्याङ्सी बगरमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको हो ।
साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए । उनकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकको सनाखत भइसकेको छैन । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको उनले बताए ।
काठमाडौंबाट रुकुमपूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस दुर्घटनामा परेको डिएसपी डाँगीले बताए । उक्त बसमा १७ जना यात्रु सवार रहेका थिए । बस सडकदेखि एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए ।





