देश

    मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

    नवलपुर टुडे
    २०७९ अशोज ६ | मध्यान्ह ०४:०६ बजे

      मकवानपुर, असोज ६ । मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

      काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको बा. ३ ख ७८५८ नम्बरको बस भीमफेदीको जुरीखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख वामदेव गौतमले बताए । उनका अनुसार च्यापिएको अवस्थामा ६ जनाको शव निकालिएको छ ।

      दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी हेटौँडा लगिएको गौतमले बताए । मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

        कमेन्टहरु