साउदी र नेपालको सम्बन्ध सुमधुर रहोस् : डा. अब्दुल गनि अल्कुफी


कपिलवस्तु, असोज ६ । साउदी अरब देशको ९२ औ नेशनल डे को अवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबै भन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको छ ।
भिजन २०३० ले देशमा अझै सुख शान्ति र समृद्धिका साथै विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने आशा बोकेको छ । यो भिजन २०३० को प्रसंशा गर्दै सफल र सुखद रहोस भन्ने कामनाका साथ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले अग्रिम बधाईका साथ साउदी अरब सरकारलाई हार्दिक शुभकामना व्यक्त गरेका छन ।
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकारबीच हरेक क्षेत्रमा सुमधुर सम्बन्ध रहोस भन्ने भाव व्यक्त गर्दै निरन्तर रूपमा साउदी अरब र नेपाल देशबीचको मित्रता अझै प्रगाढ़ हुदै जाओस भन्ने भाव व्यक्त गरे ।
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै लाखौ नेपाली जनतालाई साउदी सरकारले दिएको रोजगारीको सरहना गर्दै शिक्षा क्षेत्रमा समेत नेपालका विद्यार्थी पढ्ने अवसर पाएकोमा साउदी सरकार र त्यहाँको जनता प्रति हार्दिक आभार व्यक्त गर्दै नेपाली जनताको सुख दुःखमा समेत साउदी सरकारको निरन्तर साथ र सहयोग रहोस साथै साउदी अरब सरकारको प्रतिनिधिहरू विभिन्न समयमा नेपाल आएर नेपाल र साउदी सरकारबीचको सम्बन्ध झन प्रगाढ़ भएको बताए ।
राष्ट्रीय मदरसा संघ नेपालका संस्थापक समिम अहमद नदवीले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकारले नेपाललाई कृषि, स्वास्थ्य लगायत अन्य क्षेत्रमा गरेको सहयोगको सरहना गरे ।
राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी, सदस्य सहाबुद्दीन खान, सदस्य नियाज़ अहमद, सल्लाहकार जाहिर आजाद झण्डानगरी लगायतले साउदी अरबको ९२ औ नेशनल डे को उपलक्ष्यमा साउदी सरकार र त्यहाँ बस्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरे ।





