देश

    विप्लवलाई राजनितिक मुलधारमा ल्याउन आज निर्णायक बार्ता गर्दै सरकार

    नवलपुर टुडे
    २०७७ फाल्गुन २० | बिहान ०६:११ बजे

      फुगुन २० काठमाण्डाै।
      सरकार र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच द्रुत गतिमा वार्ता प्रक्रिया प्रारम्भ भएको छ ।

      दुवै पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार एकै दिन बिहान र साँझ वार्ता भएको हो ।वार्ता सकारात्मक दिशातर्फ अघि बढेको सरकारी पक्षबाट सहभागी राजन भट्टराई ले जनाएको छ ।

      सरकार र विप्लव समूह दुवै पक्षबाट बुधवार अपर्झट वार्ता समिति गठन भएको थियो ।
      सरकारी पक्ष र विप्लव नेतृत्वको समूहबीच औपचारिक रूपमा शुरू वार्तामा सहमतिमा पुग्न आवश्यक पर्ने मुख्य विषय वस्तुतर्फ केन्द्रित छ ।

      दुइ पक्षबीच दोस्रो तहमा सबै विषयमा सहमति जुटाएर बिहीवार निर्णायक वार्ता हुने सम्भावना रहेको उच्च स्रोतले नवलपुर टुडेलाई जानकारी दिएको हो ।
      सरकार र विप्लव समूहबीच यसअघिका अनौपचारिक वार्ताका क्रममा समेत धेरै विषयमा सहमतिनजिक पुगिसकेको बताइएको छ ।

        कमेन्टहरु