समाज

    विश्व शान्ति दिवस २०२२ काे अवसरमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन

    नवलपुर टुडे
    २०७९ अशोज ६ | बिहान ०६:०६ बजे

      सुरेश यादव
      नवलपरासी । विश्व शान्ति दिवस २०२२ काे अवसरमा बुधबार साझ एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ र परासी नवलपरासीले बुद्धचाेकमा दिप प्रज्वलन गरेकाे छ ।

      दिप प्रज्वलन कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीका संयाेजक सद्धाम हुसेन अंसारीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालकाे प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य अलाउदिन अंसारीकाे विशिष्ट आतिथ्यता सम्पन्न भएकाे थियाे ।

      कार्यक्रममा नेपाली कांग्रेस पश्चिम नवलपरासीका कार्यवाहक अध्यक्ष बिक्रम यादव, जसपा नेपालका अध्यक्ष धरेन्द्र यादव, नेकपा माओवादीका प्रदेश सदस्य बुद्धन अलि, रामग्राम नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रामवृक्ष यादव, वडा नं ६ का वडा अध्यक्ष बिधा सागर त्रिपाठी, वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव, वडा नं १५ का वडा अध्यक्ष धनपत यादव, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगायत्का पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे भने एम्नेष्टी नेपालका सचिव उमेश बि.कले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

        कमेन्टहरु