देश

    निर्वाचन आयोगले गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

    नवलपुर टुडे
    २०७९ अशोज ५ | मध्यान्ह ०७:०६ बजे

      काठमाडौ । निर्वाचन आयोगले निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न/गराउनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

      बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।

      आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको हो ।

      photo 2022 09 21 19 29 15

        कमेन्टहरु