देश

    महोत्तरीमा कांग्रेसका कार्यसमितिको बैठक, विभिन्न निर्णय पारित

    नवलपुर टुडे
    २०७९ अशोज ५ | मध्यान्ह ०४:०६ बजे

      महोत्तरी । महोत्तरी लो.न.पा.वडा न.३ मा नेपाली कांग्रेस वडा कार्यसमितिको सम्पन्न भएको छ । मंगलबार वडा सभापति शिवजी यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

      बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने नेताकार्यकर्ताहरुलाई वडादेखि कार्बाही गर्ने क्षेत्रीयकमिटि, नगरकमिटी, जिल्ला कमिटी, प्रदेश कमिटि र केन्द्र कमिटीमा पठाउने सर्वसहमती पारित गर्ने निर्णय गरेको छ । त्यसैगरी अगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका आधिकारिक उम्मेदवारहरुलाई पुर्वक प्रचारप्रसार गरि बिजय गराउने निर्णय सर्बसहमतीमा पारित गरेको छ ।

      बैठकमा महाधिवेशनका प्रतिनिधि रामजी यादव, क्षेत्रीय प्रतिनिधि मिथिला बिहारी यादव, मो.समसुल हक कवारी राम शरण साह, नवेजनि खातुन, राम सागर चमार लागायत कृयाशिल सदस्यहरु तथा नेपाली कांग्रेस पार्टीका समाजसेवी बुधिजिविहरुको उपस्थिति रहेको थियो ।

      photo 2022 09 21 16 08 39

        कमेन्टहरु