समाचार

    संविधान दिवसको समारोहमा पत्रकारको प्रवेशलाई निषेध

    नवलपुर टुडे
    २०७९ अशोज ३ | बिहान १०:०६ बजे

      काठमाडौं, असोज ३ । संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ ।

      टुँडिखेलस्थित दिवस मूल समारोहमा समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थलको गेटमै रोकेको हो । गृहमन्त्रालयलाई जिम्मा दिएको भन्दै सुरक्षाकर्मीले पत्रकारलाई गेटमै रोकेका हुन्

      यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र विभागसँगै सम्पर्क गर्नुपर्ने जनाएका छन् । विभागका कर्मचारीहरू भने सम्पर्क बाहिर छन् ।

        कमेन्टहरु