देश

    कपिलवस्तुको कृष्णनगरबाट २.७ के.जी चरेससहित २ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ अशोज २ | मध्यान्ह ०२:०६ बजे

      कृष्णनगर, असोज २ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

      प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरस्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्सबाट विशेष सूचनाको आधारमा २.७ किलो चरेससहित २ जनालाई पक्राउ गरेको हो ।

      पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका – ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङकै अमउवा गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।

      शैलेन्द्र पाण्डेका अनुसार लागूऔषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुँदा अनुसन्धान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसन्धान गरिने बताए ।

        कमेन्टहरु