देश

    विओपी कृष्णनगरको सफलता: लगभग चार केजी चरेससहित व्यक्ति नियन्त्रणमा

    नवलपुर टुडे
    २०७९ अशोज २ | मध्यान्ह ०१:०६ बजे

      कपिलवस्तु, असोज २ । कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित मानिस पक्राउ परेको छ l

      विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साझ ४ बजे नेपालबाट भारत जाने क्रममा सो व्यक्तिलाई संका लागि सोधपुछ खानतलासी गर्दा चरेस सहित पक्राउ गर्न सफल भएको छl

      पक्राउ परेका व्यक्ति दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नं १० नरैनापुर बस्ने २७ बर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक मेघराज जोसीले बताए l

      पक्राउ गरिएको व्यक्ति लाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको पक्राउ परेका व्यक्ति माथि थप अनुशन्धान प्रकृया अगाडि बढाइएको जानकारी प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले बताए l

        कमेन्टहरु