मौसम

    आज मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०७९ अशोज १ | बिहान ०६:०६ बजे

      काडमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको छ ।

      प्रदेश–१, मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिम, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

      आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको विभागले जनाएको छ ।

        कमेन्टहरु