देश

    कपिलवस्तुमा काठको तस्कर मौलायो, वन कर्मचारी मौन

    नवलपुर टुडे
    २०७९ भदौ ३० | बिहान ०९:०५ बजे

      कपिलवस्तु । कपिलवस्तुको विभिन्न गाउँमा तस्करले काठ तस्करी गराएर लुकाएको स्थानियको आरोप छ । बन कर्मचारी र तस्करको मिलेमतोमा कपिलवस्तुमा काठ तस्कर हुँदै आएको छ ।

      नेपाल-भारत सिमा-नाकामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट टिक र सघुनकाे काठ ल्याउने गरेका छन । कृष्णनगर नगरपालिकाभित्रकाे मानपुर नरायनापुर हुँदै विजयनगर गाउँपालिकाका वडा नं ५ र ७ मा भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र रातीको समय काष्ठ उद्योगहरुमा पुराउने गर्छन ।

      तस्करहरुले ठकुरापुर र गेडुवाजोतलाई केन्द्र बनाएर काठ तस्करी गरिरहेको छ । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परसुरामपुरघाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएका छन ।

      तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बोर्डरका गाउँ वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि १२ बजेभित्र नजिकका काठ उद्योगमा पुर्‍याउने र माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ

        कमेन्टहरु