काभ्रेमा एकै परिवारका पहिरोले पुरिँदा दुई जनाको मृत्यु

नवलपुर टुडे
२०७९ भदौ ३० | बिहान ०८:०५ बजे

काभ्रे, भदौ ३० । आज बिहानै पहिरो जाँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेथानचोक गाउँपालिका–४ चलालमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको हो। आज बिहान बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुगिएको थियो।
घर पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले बताइन्।
पहिरोमा पुरिएर ६५ वर्षीया ठूलीमाया तामाङ घाइते भएकी छन्। उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ।





