लुम्बिनी प्रदेश

    बिद्यालयका शिक्षक सरुवा हुदा विद्यार्थीहरू आन्दाेलित

    नवलपुर टुडे
    २०७९ भदौ ३० | बिहान ०७:०५ बजे

      सुरेश यादव
      नवलपरासी । पश्चिम नवलपरासीको विभिन्न बिद्यालयका शिक्षक सरुवा गरिएपछि विरोधमा उत्रिएका विद्यार्थीहरूले बुधबार रामग्राम नगरपालिका घेराउ गरेका छन् ।

      विद्यार्थीहरूको आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बने । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग झडपको सृजना भएको थियो ।

      सदरमुकाममा रहेको पवन माध्यमिक विद्यालय र आदर्श माध्यमिकका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् ।

      नगरका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत १४१ जना शिक्षकमध्ये ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाले जनाएको छ ।

        कमेन्टहरु