किन मनाइन्छ ? “बाल दिवस”


मोहम्मद इरफान मनसुरी
कपिलवस्तु, भदौ २९ । हाम्रो देश नेपालमा बालबालिका क्षेत्रमा छुटाइएको बजेट अहिलेसम्म पनि बालबालिका क्षेत्रमा कुनै कुनै ठाउँमा लागू भएको छैनन् सम्बन्धित निकाए अाँफैले महसुस गर्नुहोस् ।
कुनै नगरपालिका गाउँपालिकाहरूमा धेरै बालविवाह भएको देख्दादेख्दै पनि केही गर्न सकिएन भन्ने होइन सकिन्छ । तर विभिन्न नगरपालिका वा गाउँपालिकामा भएको महिला तथा बालबालिका केन्द्र के गर्दै छ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।महिला तथा बालबालिका केन्द्रले अझै पनि बालबालिका हकहितका निम्ति राम्रो काम गर्दैनन् भने किन चाहियो त्यो विकट ठाउँमा महिला तथा बालबालिका केन्द्र ? साथै यहाँ नै जोड्न चाहे खिजिदेम्बा गाउँपालिकामा छुट्टयाइएको बजेट करोडौं-करोड रुपैयाँ खर्च हुँदाहुँदै बालबालिकाको क्षेत्रमा अझै प्रभावकारी भएको छैन के कारणले हो ? किन यस्तो भएको छ ? सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।
बाल दिवसका नारा
“बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार”
२०७८-सामान्य अवस्था वा कोभिड माहामारी: बाल अधिकारको संरक्षणको हामी सबैको जिम्मेवारी
२०७७- विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता
२०७६- सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार
२०७५- सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार
२०७४- बाल मैत्री शासन बाल अधिकारको सम्मान
बालदिवस सम्बन्धि जानकारी
बालदिवस भाद्र २९ बि.स.२०१६ देखी मनाउन सुरु गरिएको हो । वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ ।
अन्तराष्ट्रीय बालदिवस Nov २०
१- नेपालले सबै प्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्य बि.स.२०८२ सम्म लिएको छ ।
२- अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि सन् १९८९ Nov २०
३- बालविवाहमुक्त नेपालको पहिलो गाउँपालिका मोरङको ग्रामथान गाउँपालिका (२०७६ बैशाख १७ )
४- बालविवाहमुक्त नेपालको पहिलो नगरपालिका कपिलवस्तुको – बुद्धभुमि नगरपालिका कपिलवस्तु (२०७६ भदौ १०)
नेपालको संविधान २०७२ मा रहेको ब्यवस्था बालबालिकाको हक- धारा ३९ भाग-३
बालअधिकार भनेको के हो ?
बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो ।
नेपालको संविधान २०७२ काे भाग-३, मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिए अनुसार :
१. प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण जन्म दर्ताको हक हुने छ ।
२. प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्याहारसुसार खेलकुद मनोरञ्जन तथा सर्वागिण व्यक्तित्व विकासको हक हुने छ ।
३. प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक हुनेछ ।
४. कुनै पनि बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।
५. कुनै पनि बालबालिकालाई बाल विवाह गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन् ।
६. कुनै पनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न र सांस्कृति वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दूर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन् ।
७. शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन् ।
८. बाल अनुकुल न्यायको हक हुनेछ ।
९. जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।
उपधारा १० – कानुन विपरित बालबालिकालाई कलकारखाना, खानी, अन्य जोखिमपूर्ण काममा लगाउने बालबाल विवाह गैरकाुननी ओसोरपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समुहमा भर्ना वा प्रयोग गर्न, सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुर्व्यवहार उपेक्षा, शारिरीक मानसिक यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा काुनन बमोजिक दण्डनिय, सजाय वा क्षतिपूर्ति हुनेछ ।





