नवलपुर २ मा १ लाख २८ हजार मतदाता, सबैभन्दा बढि मध्यविन्दुमा

नवलपुर टुडे
२०७९ भदौ २८ | मध्यान्ह ०४:०५ बजे
कावासोती । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नवलपुर जिल्ला क्षेत्र नं. २ मा १ लाख २८ हजार ७ सय ८५ मतदाता रहेका छन् ।
पूर्वी नवलपुरको चारवटा स्थानीय तह र कावासोती नगरपालिकाको केही वडाहरु समेटिएको उक्त क्षेत्रमा सबैभन्दा धेरै मतदाता मध्यविन्दु नगरपालिकामा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार मध्यविन्दु नगरपालिकामा ४६ हजार ६ सय ८२ मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता बौंदीकाली गाउँपालिकामा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार बौंदीकाली गाउँपालिकामा १० हजार ११ जना मतदाता रहेका छन् ।
त्यस्तै हुप्सेकोट गाउँपालिकामा १८ हजार ७ सय ८४ जना र विनयी त्रिवेणी गाउँपालिकामा २७ हजार २२६ मतदाता रहेका छन् । त्यस्तै कावासोती नगरपालिकाको ६ वडा समेटिएको क्षेत्र नं. २ मा कावासोतीका २६ हजार ८२ मतदाता रहेका छन् ।





