देश

    चितवनमा बलात्कार मुद्दाका फरार प्रतिवादी डेढ वर्षपछि पक्राउ

    नवलपुर टुडे
    २०७९ भदौ २७ | बिहान ०७:०५ बजे
    फाईल तस्बिर

      चितवन । जबरजस्ती करणी (बलात्कार) मुद्धाका फरार प्रतिवादीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

      चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको २०७७ चैत १२ गतेको फैसलाले डल्लाकोटीलाई दोषी ठहर गरेको थियो ।

      इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले निजलाई पक्राउ गरी कैद तथा क्षतिपूर्ती भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

        कमेन्टहरु