फोहोर व्यवस्थापनमा वडाअध्यक्षले बेवास्ता गर्दा स्थानीयद्वारा वडा कार्यालयमा फोहोर फाले


नवलपरासी । पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका – १ महेशपुर बजारको फोहोर व्यवस्थापन नहुदा बिरोध स्वरुप स्थानीय र नवलपरासी युवा समाजले वडा कार्यालयको गेटमा फालेको छ । पाल्हिनन्दन – १ वडाअध्यक्षले फोहोर व्यवस्थापनमा जासो नदेखाएपछि महेशपुर भन्सार चोकदेखि बसपार्कसम्मका फोहर वडा नम्बर १ को कार्यालय गेटमा लगेर फालेको हो ।
महेशपुरबासीले वडाअध्यक्षलाई पटक पटक फोहोर व्यवस्थापनको उचित व्यवस्था गर्न आग्रह गर्दासमेत वडा अध्यक्ष चुलाही यादवले बेवास्ता गरेपछि वडा कार्यालयको गेट अगाडि बिरोध स्वरुप फोहोर फाल्न बाध्यता भएको स्थानीयले बताए । समयमा फोहोर व्यवस्थापन नगर्दा गर्मी मौसममा महेशपुर बजारबासीको स्वास्थ्यमा समस्या आएको, दुर्गन्ध भएर कष्टकर रुपमा जीवनयापन गर्न परेको एवम मित्र राष्ट्र भारतबाट आउने आगन्तुक पर्यटकलाई समेत समस्या परेको र अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम भएको स्थानीयको आरोप छ ।
नवलपरासी युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरिले वडा अध्यक्षलाई बारम्बार फोहोर व्यवस्थापनको व्यवस्था गर्न अनुरोध गर्दा बेवास्ता गरेपछि वडा कार्यालयको गेटमा फोहोर थुपार्न स्थानीय बाध्यता भएको बताए ।





