समाचार, समाज

    रामग्राम- ४ जितपुरमा बिगत तीन बर्षदेखि सडक बत्ति नबल्दा स्थानीय त्रसित, वडाअध्यक्ष मौन

    नवलपुर टुडे
    २०७९ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

      रामजी प्रजापति
      नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम- ४ मा लगाइएको बिजुली बत्ति ३ बर्षदेखि अल्पत्र रहेको छ । सरकारले तोके अनुसार हरेक घर टोल रातिमा उज्यालो बनाउने प्रतिबद्धताका अनुसार पालिका वडाअध्यक्षले बेवास्त गरेको रामग्राम -४ का स्थानीयहरुले गुनासो गरेको छ ।

      गाउँमा सडकको पोलको बत्ति नबल्दा स्थानीयहरु राती घर बाहिर निस्कन डराउनु पर्ने अबस्था सिर्जना भएको छ । तराईको जिल्लामा बिगत केहिदिन देखि गाउँघरमा बच्चा चोरहरु प्रबेश गरेको हल्लाले गर्दा रातको समयमा स्थानीयहरु त्रसित छन । सडक बत्ती नहुदा स्थानीयहरु रातको समयमा चोरले बच्चाहरूलाई समातेर किड्नी निकाल्ने, किड्नेप गर्ने तथा बच्चा मार्ने गरेको समेत अनेक मिडिया तथा सामाजिक संजालमा भिडियो देख्दा झन त्रसितमै रात बिताउनु परेको बताएका छन ।

      रामग्रामको जितपुरवासीहरुले पटक पटक फोनको मार्फत वडा अध्यक्ष मदन यादवलाई यस बिषयमा जानकारी गराउदा गराउदा तीन बर्ष बितिसकेको जानकारी स्थानीयले दिए । जितपुर वासीले अहिले पोलमा आफ्नो पैसाको लगानीमा बत्ती किनेर लगाएकोसमेत बताए ।

      उनिहरुले वडाअध्यक्षलाई भन्दा भन्दै केही सुनुवाई नभएपछि रातको समयमा सडक बत्ती बाल्न पैसा उठाएर उज्यालो बनाएको छ । स्थानीय सरकारलाई जनताले बुझाएको कर बालुवामा पानी हालेको बराबर भएको गुनासोसमेत गरे । उता स्थानीय जनप्रतिनिधिको रुपमा जिम्मेवारी समालेको यादवले बेवास्त गर्दा कहिलेसम्म जितपुरबासीले दुख भोगिरहने भन्ने चिन्तामा छन ।

      स्थानीय पत्रकारले फोन मार्फत जानकारी गराउदा वडाअध्यक्ष मदन यादवले समस्याको समाधान गराउने वचन दिएका थिए । तर, १० दिन बित्दासमेत समस्याको समाधान नहुदा पुन: फोन गरेर बुझ्दा वडा अध्यक्षले अझै धेरै समय लाग्ने बताए।

        कमेन्टहरु