देश

    बुटवलबाट लागूऔषधसहित पोखराका थापा पक्राउ

    नवलपुर टुडे
    २०७९ भदौ २३ | मध्यान्ह ०६:०५ बजे

      बुटवल । लागूऔषधसहित बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका १० का ३६ वर्षीय प्रवीन थापा रहेका छन ।

      इलाका प्रहरी कार्यालय बुटवलले उनलाई सिद्धार्थ राजमार्गस्थित बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका थापाबाट फेनेगान २ सय एमएलको ४५ (सीसी) एम्पुल, नुफिन ४५ (सीसी) एम्पुल र डाइजेपाम २ एमएलको ४५ (सीसी) एम्पुल बरामद गरेको छ ।

      थापामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

        कमेन्टहरु