सिरहा गोलबजारमा खुलेयाम यौनधन्दा, प्रहरी प्रशासन मौन

नवलपुर टुडे
२०७९ भदौ २२ | मध्यान्ह ०३:०५ बजे

सिरहा । सिरहाको गोलबजारमा पुन: यौन ब्यवसाय फस्टाउदै गएको स्थानीयहरूले गुनासो गरेका छन् । पहिलेको तुलनामा गोलबजार क्षेत्रमा सबैभन्दा बढी यौन ब्यवसाय हुने गरेको स्थानीयहरूले गुनासो राखेका हुन् ।
गोलबजारमा रहेका केहि होटेल र लजहरूमा यौन व्यवसाय हुने गरेको पाइएपनि प्रहरी प्रशासन तथा स्थानीय निकाय बेखबर बनेको जनगुनासो छ ।
स्थानीयहरूका अनुसार होटल तथा लजहरूमा बिहान देखि रातको समयमा खुल्ला रूपमा यौन ब्यवसायलाई बढावा दिइरहेको गुनासो पोखेका छन् ।





