लुम्बिनी प्रदेश

    जनमत पार्टीको लुम्बिनी प्रदेश इन्चार्जमा राजेन्द्र गुप्ता

    नवलपुर टुडे
    २०७९ भदौ २१ | मध्यान्ह ०२:०५ बजे

      बुटवल, भदौ २१ । जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा राजेन्द्र गुप्ता मनोनयन भएका छन् ।

      लोसपा परित्याग गरेका गुप्तालाई मंगलबार बुटवलमा जनमतका अध्यक्ष डा. सी.के. राउतले पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन गरेका हुन् । उनी लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।

      यस्तै पार्टीको राष्ट्रिय उपाध्यक्षमा नरसिंह चौधरी र केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय संयोजकमा कैलाश गुरुङलाई मनोनीत गरिएको पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवले जानकारी दिए ।

        कमेन्टहरु