देश

    क्यानडामा छुरा प्रहार : एक संदिग्ध मृत भेटिए

    नवलपुर टुडे
    २०७९ भदौ २१ | बिहान ०७:०५ बजे

      काठमाडौ । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा छुरा प्रहार गरी १० जनाको हत्या गर्ने दुई संदिग्ध हमलाकारी मध्ये एक जना मृत फेला परेका छन् ।

      क्यानडा प्रहरीले सामूहिक छुरा प्रहार गर्ने दुई संदिग्ध मध्ये एक मृत फेला परेको र उनका भाइ अझै फरार रहेकाे जानकारी दिएको हो । ३१ वर्षीय डेमियन स्यान्डरसनको शव हमला भएको जेम्स स्मिथ क्री प्रान्तमा भेटिएको हाे । प्रहरीले मृत फेला परेका पुरुष डेमियन स्यान्डरसन रहेको अनुसन्धानपछि पुष्टि भएको जानकारी दिएको हो ।

      प्रहरीले जाँच गरिरहेकाे घरको छेउमा घाँस रहेको क्षेत्रमा उनको शव भेटिएको थियो । उनको शरीरमा चोटपटक लागेको देखिएको छ । प्रहरीले डेमियनका भाइ माइल्स स्यान्डरसन अझै फरार रहेकोले मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ । ३० वर्षीय उनलाई पनि चोटपटक लागेको हुन सक्ने भएकोले अस्पतालहरूमा पनि सूचना जारी गरिएको छ ।

      माइल्स यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको उनको प्रहरी रेकर्डबाट थाहा हुने अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । प्रहरीले उनी रेजिना शहरमा रहेको आशंका गरेको छ ।

        कमेन्टहरु