मुख्य समाचार

    बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर

    नवलपुर टुडे
    २०७९ भदौ २० | मध्यान्ह ०३:०५ बजे

      काठमाडौं, भदौ २० । काठमाडैं महानगरपालिकाले बालाजु-गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचनाहरु हटाउन डोजर चलाएको छ । आइतबार कोटेश्वर क्षेत्रको अनधिकृत संरचनामाथि डोजर चलाएको महानगरले सोमबार बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि डोजर चलाएको हो ।

      महानगरले आज मैपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाइरहेको छ । महानगर प्रहरीका उनुसार उक्त क्षेत्रमा फुटपाथ मिची अनधिकृत संरचना बनाइएको थियो । महानगरले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड बढेसँगै प्रहरीले बल प्रयोग गरेर सो क्षेत्र खाली गराएको छ ।

      पछिल्लो समय महानगरले अनधिकृत रुपमा बनाएका संरचनाहरू हटाउन अल्टिमेटम टाइम दिने र डोजर समेत चलाउदै आइरहेको छ ।

        कमेन्टहरु