झापा- ५ बाट एमाले अध्यक्ष ओलीको एकल नाम सिफारिस

नवलपुर टुडे
२०७९ भदौ २० | मध्यान्ह ०२:०५ बजे

झापा । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि झापा ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ ।
क्षेत्रीय समन्वय कमिटीको सोमबार बसेको बैठकले उनको नाम एकलरूपमा सिफारिस गरेको संयोजक तुलसी कार्कीले जानकारी दिए । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेले निर्णय गरिसकेको छ ।
२०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी ४ मंसिरमा हुँदै छ ।





