देश

    संघमा गुप्ता र पोख्रेल ‘ख’ बाट मिर्जा राशिदको नाम सिफारिश

    नवलपुर टुडे
    २०७९ भदौ १९ | मध्यान्ह ०५:०५ बजे

      कपलिवस्तु, भाद्र १९ । नेकपा एमाले कपलिवस्तुले प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु क्षेत्र न ३ बाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

      आइतबार बसेको क्षेत्रिय कमिटीको बैठकले संघ तर्फ टोपलाल पोख्रेल र मंगल गुप्ताको नाम सिफारीस गरेको छ भने प्रदेश तर्फ क्षेत्र न ३ क तर्फ एकल रुपमा नेकपा एमाले कपिलवस्तु उपसचिव अर्जुन कुमार केसीको नाम सिफारीस गरेको नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनुभयो ।

      पोख्रेल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुन । गुप्ता नेकपा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य हुनुहुन्छ । प्रदेश तर्फ एकल नाम सिफारीस हुनुभएका केसी अहिले पनि कपिलवस्तु क्षेत्र न ३ क बाट लुम्विनी प्रदेश सांसदको रुपमा प्रतिनिधित्व गर्नुभएको छ ।

      प्रदेश क्षेत्र ३ को “ख”का लागि मिर्जा राशिद बेग, रजाउ रहमान खान, कृष्ण भण्डारी, मेहताब आलम खान, मोहम्मद मुस्तफाको नाम क्षेत्रिय कमिटीद्वारा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ । यता भने मिर्जा राशिद समर्थक युवाहरू नेकपा एमाले कृष्णानगर नगरकमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरका नगरअध्यक्ष अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात बर्ष देखि काम गर्दै आएको बताउदै स्थानिय निर्वाचनमा बेगलाई टिकट नदिए पनि मिर्जाले पार्टीको निती सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घर दैलो गरि मत माग्नामा निकै सहयोग पुर्‍याएका बताउदै अहिले भने प्रदेश सभा सदस्यमा मिर्जा राशिदले नै टिकट पाउनु पर्ने पहिल्यै देखि माग गर्दै आएका छन् l

        कमेन्टहरु