राजनीति

    अमनलाल मोदी मोरङ -४ बाट सर्वसम्मत सिफारिस

    नवलपुर टुडे
    २०७९ भदौ १९ | मध्यान्ह ०४:०५ बजे

      मोरङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

      विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए । मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

      मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएका थिए । मोदी ०७० को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य थिए । यस्तै मोरङ–४ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ ।

        कमेन्टहरु