देश

    बैतडीमा यात्रुवाहक बस दुर्घटना, यात्रु सबै सकुशल

    नवलपुर टुडे
    २०७९ भदौ १७ | बिहान ०७:०५ बजे

      बैतडी । बैतडीमा बालबालिकासहित ५४ जना सवार रहेको बस दुर्घटनामा परेको छ ।

      महेन्द्रनरबाट बैतडीको मेलौली गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको रात्रीबस दशरथचन्द राजमार्गको पाटन नगरपालिका ८ स्थित हरिचन मोडमा दुर्घटना भएको हो । बस शुक्ररबार (आज) बिहान करिब ४ बजे दुर्घटनमा परेको खोडपे प्रहरी चौकीका प्रमुख ऐन बहादुर पालले जानकारी दिए ।

      बसमा सवार सबै सकुशल रहेको उनले बताए । केहीलाई समान्य चोटपटक लागेको भए पनि उनीहरुको सिद्धेश्रवर स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ ।

        कमेन्टहरु