बाढी/पहिरो

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    नवलपुर टुडे
    २०७९ भदौ १६ | बिहान ०८:०५ बजे

      चितवन, भदौ १६ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

      वर्षाका कारण बिहान ५ः५० बजेको समयमा केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ ।

      त्यहि कारण पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।

        कमेन्टहरु