ईलाका प्रहरी कार्यालय पोखरीयामा घुमुवा आतंक, प्रहरी प्रमुख मुकदर्शक


पर्सा १४ भदौ । इलाका प्रहरी कार्यालय पोखरीयाको क्षेत्रहरूमा घुमुवा आतंक बढेपनि प्रहरी प्रमुख मुकदर्शक बन्न पुगेका छन । पोखरीया मातहातमा पर्ने क्षेत्रहरूबाट चोरी तस्करी बढेको मुख्य कारण इलाका प्रहरी कार्यालय पोखरीयाका घुमुवा रहेपनि प्रहरी प्रमुख मुकदर्शक बन्न पुगेका हुन ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो ।
इलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रहेका प्रहरी जवान अजय यादव र प्रहरी जवान श्रीलाल मण्डलले आफ्नो क्षेत्रमा आतंक नै मचाएपनि कार्यालय प्रमुख आयुस जोशी मौन रहेका छन । ठुला बडा तस्कर संग मासिक रूपमा द्वय घुमुवा चन्दा उठाएर कार्यालय प्रमुख जोशीलाई बुझाउने गर्दछन ।
इलाका प्रहरी कार्यालय पोखरीया मातहातमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकिटोला, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टि, प्रसौनिभठ्ठा, टिहुकि, बुडगाइ लगायतको क्षेत्रहरूबाट ब्यापक रूपमा तस्करहरू सल्बलाएका छन । द्वय घुमुवाले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाई सास्ती दिने गरेको बताइन्छ । ठुला बडा तस्कर गर्ने गिरोह संग मासिक रूपमा नजराना बुझ्ने गरेको र सर्वसाधारणलाई मात्र दुख दिने गरेको स्थानीय राम प्रवेश पटेल बताउछन ।
इलाका प्रहरी कार्यालय पोखरीयाको द्वय घुमुवाको बिषयमा पटक पटक प्रहरी निरीक्षक आयुस जोशीलाई गुनासो गर्दासमेत केही वास्ता नदेखाएको आरोप स्थानीयले लगाएका छन । द्वय घुमुवा रातिको समयमा मदिरामा धुत हुने गरेको र तस्करीको मालसमान नाकाबाट कटाउने कार्य गर्दै आएको एक प्रहरी श्रोतले बताए ।
उनका अनुसार घुमुवा अपराधीहरूलाई पक्राउ गर्नको निम्ति खटाउन मिल्ने भएपनि नियम विपरीत घुमुवामा परिचालन भएको बताए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको ध्यान जान अति अवाश्यक देखिन्छ ।





