लुम्बिनी प्रदेश, समाचार

    परासीस्थित झरही खाेलाकाे बाँध जिर्ण, सरोकारवाला मौन

    नवलपुर टुडे
    २०७९ भदौ १३ | बिहान ११:०५ बजे

      परासी । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका- २ र १२ जाेड्ने झरही खाेलाकाे छेउमा बाँधिएको बाँध जिर्ण अवस्थामा पुगेकाे छ । उक्त पुलले सदरमुकाम परासी र रामग्राम नगरपालिका जाेड्ने पुलको परासी तर्फको दायाँबायाँ बाँध भड्केको छ ।

      रामग्राम नगरपालिकाले झरही खाेलाकाे बाँध बाँध्नकाे लागि कति पटक बजेट छुट्टाई बाँध्ने काम गरेतापनि बाढी आउने र बाँध भत्किने गरेकाे छ । सो खोलाको पुलमा जहाँ जोखिम छ त्यहाँ बाँध नबाँधेको देखिन्छ । अझै पनि बर्षादको समय रहेकोले कुनैपनि बेला बाढीले क्षति पुर्‍याउने देखिन्छ । गत वर्ष भदौमा आएको बाढीले सदरमुकाम परासी पुरै डुबानमा परेकाे थियाे ।

      गत वर्षको बाढीले रामग्राम नगरपालिकाकाे विभिन्न वडाहरु डुबानमा परेतापनि कुनै प्रकारको नगरपालिकाबाट क्षतिपुर्ति नपाएकाे स्थानीयले बताउँछन् । उक्त पुल भएर सधै नगरपालिकाका मेयर धनपत यादव, उपमेयर सम्झना चाैधरी, प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर सतिष गुप्ताले हिड्ने गर्नुहुन्छ । तर, त्यही पुल र हाटबजार नजिक नै खाेलाकाे बाँध भत्किएकाे हुनाले कसैकाे ध्यान समेत नगएकाे देखिन्छ । अझैपनि नगरपालिकाले बेवास्ता गरि रह्याे भने, फेरि पनि परासी बासीले ठूलो क्षेतिपुर्तीको सामना गर्नुपर्ने छ ।

      त्यसैले रामग्राम नगरपालिकाका सम्पुर्ण सराेकारवालाले समयमै ध्यानाकर्षण पुर्‍याऔस । त्यसै गरी रामग्राम नगरपालिकाले निर्माण गरेकाे रामग्राम- ४ केरवानीस्थित बनेको नयाँबसपार्कसमेत सञ्चालनमा नआउदै निर्माणका पर्खाल भत्केको छ । सम्वन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

        कमेन्टहरु