फेरि महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा अध्ययनरत छात्रा घाइते


किन कुट्छन शिक्षकले बिद्यार्थीलाई बारम्बार ?
विद्यार्थी कुट्ने शिक्षक र बिद्यालयलाई कार्बाही किन हुदैन ?
महोत्तरी । महोत्तरीको औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्ययनरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ ।अहिले ती छात्राको अस्पतालमा उपचार भइरहेको छ ।
कक्षा-६ का छात्रा विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाथि निर्घात कुटेको परिवारको आरोप छ । बलिकाको शरीरभरी लठ्ठीको सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।
विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ । कुटाई भएको हल्ला भएपछि बिद्यालयले अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । उनकी आमा सुन्दरकलाले भनिन्, ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।’
शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन । प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरि कारबाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।





