बाढी/पहिरो

    नारायणगढ–मुग्लिन सडक एकतर्फी अवरुद्ध

    नवलपुर टुडे
    २०७९ भदौ १२ | बिहान ०८:०५ बजे

      चितवन, भदौ १२ । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ ।

      भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

      यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ ।

        कमेन्टहरु