देश

    हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङका शिक्षक अस्लम सिद्धिकीको कुटाईबाट एक विद्यार्थी घाईते

    नवलपुर टुडे
    २०७९ भदौ ११ | बिहान ११:०५ बजे

      परासी । पश्चिम नवलपरासीको परासीस्थित रहेका हिलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकको मरणासन्न कुटाईबाट एक बिद्यार्थी घाइते भएका छन । घाईते हुनेमा सो बिद्यालयमा कक्षा ५ मा अध्ययनरत रामग्राम – ४ का १२ बर्षिय छात्र निखिल कोहार रहेको छ ।

      घाईते बिद्यार्थीलाई सोही बिद्यालयमा अध्यापन गराउने शिक्षक अस्लम सिद्धिकीले गृहकार्य नगरेको निहुँमा मरणासन्न हुने गरि पिटेको अबिभावकले बताए । निज शिक्षकले कानमा चार थप्पड हानेको घाईते बिद्यार्थीले बताएको छ । घट्ना गत साउन १९ गते दिउँसो भएको थियो । साझ अबेरसम्म बालक घर नआएपछि अबिभावक आफै बिद्यालयमा जादा कानबाट रगत बगिरहेको र बालक ज्वरोले कामिरहेको अबस्थामा देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको हो । उक्त समयसम्म बिद्यालयबाट कुनै खबरपनि नगरेको अबिभावकले आरोप लगाएको छ ।

      घाईते बालकलाई तुरुन्तै स्थानिय एसके मेडिकलमा गएर सामान्य उपचार गराएर घरमा ल्याएका थिए । तर, पीडित बालकले दुखाई सहन नसक्ने भएपछि पुनः परासीस्थित शिवम मेडिकल हलमा लगेर चेकजाँच गर्दा कानको जाली फुटेको डाक्टरले पुष्टि गरेका थिए । सो पश्चात् अबिभावकले बालकको उपचारको ब्यबस्था गर्न पटक पटक आग्रह गर्दा बिद्यालयले बेवास्त गरेपछि अबिभावक स्वयंले बुटवलस्थित तिनाउ इन्टरनेशनल अस्पतालमा शल्यक्रिया गरेर ल्याएको बताए ।

      अहिले बिद्यालयका प्रीन्सिपल ठाकुरले घटनाको धाकछोप गर्न विभिन्न राजनीति दलहरुसंग गुहार मागिरहेको श्रोतको दाबी छ । उक्त घटनाको बारेमा रामग्राम नगरपालिकाका शिक्षा शाखा प्रमुखसंग बुझ्दा घटना बारे जानकारी आए पछि घटनाबारे सम्बन्धित बिद्यालय र पीडित परिवारसंग बुझिरहेको बताउनु भयो ।

      घटनाको बिरोधमा कार्बाहीको माग गर्दै पश्चिम नवलपरासीका अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन(क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलेसमेत प्रेस बिज्ञप्ति निकालेको छ ।

        कमेन्टहरु