देश

    कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या

    नवलपुर टुडे
    २०७९ भदौ १० | मध्यान्ह ०७:०५ बजे

      कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले गोली हानी एक जनाको हत्या गरेको छ । अज्ञात समूहले मायादेवी गाँउपालिका ६ मदरहवा बस्ने ५५ वर्षीय घुरहु पासीलाई गोली हानि हत्या गरिएको प्रहरीले जनाएको छ ।

      पासीलाई मायादेवी गाँउपालिका – ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको हो । प्रहरी‍ले अनुस्नधान थालेको छ । घटनाको विस्तृत आएको छैन ।

        कमेन्टहरु