अपराध

    नवलपरासीमा शान्ति सुरक्षा, सिमामा सशस्त्र प्रहरीको प्रभावकारी भुमिका

    नवलपुर टुडे
    २०७९ भदौ १० | मध्यान्ह ०५:०५ बजे

      नवलपरासी । नेपालमा सशस्त्र प्रहरीको स्थापना भएको दुई दशक भएको छ । सो पश्चात सशस्त्र प्रहरी बलले करिब १३ बर्षदेखि नेपाल र भारत सिमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न अब्बल सावित भएको छ । सशस्त्र प्रहरीले सिमित स्रोत साधनको बावजूद सिमा क्षेत्रबाट हुने अबैध गतिबिधि रोक्न अग्रसर छन ।

      पश्चिम नवलपतासीको सशस्त्र प्रहरी बल २६ नं गण बेलाशपुरले अन्तर्राष्ट्रिय रुपमा विवादित भुमि सुस्ता लगायत ५ वटा बिओपी र २ वटा राजमार्ग बेश क्याम्पमार्फत जिल्लाका सिमा क्षेत्रको सुरक्षा निगारानी गरिरहेको छ । सिमा क्षेत्रबाट चोरी तस्करी नियन्त्रणमा प्रभावकारी देखिएको बिश्लेषण गरेका छन । सशस्त्र प्रहरीले शान्ति सुरक्षा, अमनचयन र सिमा सुरक्षामा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको स्थानीयले महसुस गरेका छन ।

      सिमा सुरक्षाका जिम्मा पाएका सशस्त्र प्रहरी बल नवलपरासीले केही महिना अगाडि करिब एक करोड नौ लाख २७ हजार बराबरको बिभिन्न किसिमको लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स र टायल लगायतका अबैध रुपमा भारतबाट चाेरी तस्करी गरी ल्याएका सामनाहरु बरामद गरी भन्सार र राजस्व कार्यालयमा पठाइएको नवलपरासी सशस्त्र प्रहरी गण नं २६ का सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक केशब राज थापाले नवलपुर टुडेलाईबताए ।

      photo 2022 08 26 17 17 23

      पश्चिम नवलपरासीमा नेपाल भारतको २७ किलोमिटर खुल्ला सिमाना रहेको छ । खुल्ला सिमाको फाइदा उठाउदै तस्करहरुले विभिन्न सामानको चोरी तस्करीदेखि अपराधिक गतिबिधि गर्ने गर्दछन । यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल २६ नं गणले हरदम प्रयास गरिरहेको देखिन्छ । सो प्रयासले गर्दा अवैध चोरी तस्करी, लागूऔषध जस्ता ओसारपोसार नियन्त्रणमा आएको छ।

      photo 2022 08 26 17 17 19

      त्यस्तै सशस्त्र प्रहरीले जिल्लाको विभिन्न बिद्यालयका छात्रछात्रालाई लागूऔषध, बालविवाह, यौनहिंसा चेलिबेटी बेचविखन जस्ता गतिविधिको बारेमा जनचेतनामूलक कार्यक्रम संचलान गर्दै आईरहेको छ । जिल्लामा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोलानालामा भएको जलकुम्भी सरसफाईदेखि सिमावर्ती क्षेत्रका गाउँ टोल बस्तीमा हुने अराजक गतिविधि र आगलागी नियन्त्रणमासमेत योगदान गरिरहेको छ । पछिल्लो समय सशस्त्र प्रहरी बल २६ नं गणका गणपतिको कडा निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) र बेश क्याम्पले तस्करद्वारा राजस्व छलि भारतबाट ल्याइएका अबैध सरसामान पक्राउ पश्चात् आवश्यक कानुनी प्रक्रियाको लागि भन्सार र राजश्व कार्यालय पठाईरहेको छ ।

      photo 2022 08 26 17 17 20

      २६ नं गण मातहतका सम्पुर्ण बिओपी र बेश क्याम्पलाई सिमा क्षेत्रबाट अबैध रुपमा भएको चोरी तस्करी पुर्णरुपमा नियन्त्रण गर्न गणपतिको कडा निर्देशन रहेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।

      जिल्लाको सिमा क्षेत्रमा विशेषगरी रातिको समयमा चोरी तस्करी हुने भएकोले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको निर्देशनमा रातिको समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोली परिचालन गरि नियन्त्रण गर्न थालिएको छ । चोरी तस्करी नियन्त्रणका लागि पटकपटक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख बीच समन्वयसमेत भइरहेको सशस्त्र प्रहरी स्रोतले बताए ।

      कोरोना संक्रमण नियन्त्रणमा सिमामा खटिएको सशस्‍त्र प्रहरीले त्यति बेला तोकिएको दायित्व भन्दा बढी सिमित साधनस्रोतका बावजूद चुनौतीलाई साहसका साथ सामना गरेको थियो । सो विषम परिस्थितिमा ज्यानको जोखिम मोलेर सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहरा दिएका थिए । सीमा सुरक्षमा अहिले सशस्‍त्रको भूमिका सरानीय र प्रशंसा योग्य रहेको छ ।

       

        कमेन्टहरु