कपिलवस्तुको काठ उद्योगमा प्रशासनको छापा, लाखौ मुल्य बराबरको काठ बरामद


कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर – ७ मा रहेको सव मिल र फर्निचर उद्योगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कर्मचारीको संयुक्त टोलीले छापा मारेको छ ।उक्त संयुक्त टोलीले विशेष सूचना प्राप्तको आधारमा छापा मारेको हो ।
प्रशासनको संयुक्त टोलीले अवैध भारतीय, शेषम र सहगवान काठका गोली बरामद गरेको छ । बरामद काठ र संचालक संजय साहलाई संयुक्त टोली र स्थानीयको उपस्थितिमा काठलाई ट्रयाक्टर ट्रलीमा लोड गरी डिभिजन वन कार्यालय ठाकुरपुरमा ल्याइएको बताए ।
प्रहरीले मिल सिल गर्ने, सञ्चालकलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको बताए । साहले आफूले मिल सञ्चालन गरेको ठाउँमा मिल सञ्चालन गर्न लाइसेन्स लिन नपाउने भएका छन् । नेपाल भारतको सिमाना र भारतीय जंगलबाट करिब २०० मिटरको दुरीमा रहेको उक्त मिलमा अबैध रुपमा भारतबाट ल्याएको काठ चिरान गरि विभिन्न स्थानमा बिक्रीवितरण गरिएको पाईएको छ । साह मधेस प्रदेशको जनकपुरका हुन् । उनले यहाँ काठको मात्रै व्यवसाय गरिरहेका छन् । उनि भारतीय काठ तस्करीमा पनि संलग्न रहेको पाईएकोछ ।
मिलमा बरामद सिसम जातको ४१.७२ फिट र सहगवान जातको ३७.०२ फिट अवैध भारतीय काठ बरामद भएको छ । जुन काठ नेपालको छिमेकी देश भारत उत्तर प्रदेशको बलरामपुर जिल्लाको जंगलबाट काठ तस्कर गरि नेपालमा ल्याएको हो । संजय साहले संचालन गरिएको मिलको वरिपरि कुनै पनि घर नभएको, पानी, बिजुली र शौचालयको पनि ब्यबस्था नभएकोले तस्कर गर्ने उदेश्यले उक्त मिल संचालन गरिएको बुझिएको छ । मिलको वरिपरि सहगवानको बगैंचा मात्र छ ।
नेपाल भारत सिमानासँग जोडिएको उक्त मिलमा बरामद काठमा नक्कली टाँका लगाईएको छ । उनलाई आबश्यक अनुसन्धान गरि काठ जंगल तस्करी मुद्दामा कार्बाही हुने डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाएको ईलाका प्रहरी गणेशपुरले जनाएको छ ।
बरामद काठ :









