देश

    काठमाडौ शिक्षण अस्पतालबाट भागेका कैदी लुबुबाट पक्राउ

    नवलपुर टुडे
    २०७९ भदौ ९ | बिहान ०९:०५ बजे

      काठमाडौ । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

      अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयकी डिआईजी किरण राणाले बताइन् । नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टिमले पक्राउ गरेको हो ।

      रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । प्रहरीको आँखा छलेर उनि भागेको नख्खु कारागारका जेलर सुवास कुमार लामिछानेले बताए । आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागी शिक्षण अस्पतालमा लगेको थियो ।

      नख्खु कारागारको बाहिरी सुरक्षा व्यवस्थाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ । तर, थुनुवा ओसार, पसार र आपराधिक गतिविधिको निगरानी गर्न प्रहरीको टिम परिचालन गरिएको छ । सो घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानविन गरिरहेको छ ।

        कमेन्टहरु