बागमती प्रदेश

    छोराछोरी कुट्नु र शिक्षकले बालबालिकामाथि दुर्व्यवहार गर्नु अपराध हो : मेयर बालेन

    नवलपुर टुडे
    २०७९ भदौ ८ | मध्यान्ह ०३:०५ बजे

      काठमाडौं, भदाै ८ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले अपराधको परिभाषा नै नागरिकले बुझ्न नसकेको बताएका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्नेक्रममा सो कुरा बताएका हुन्।

      उनले बुबाआमाले आफ्ना छोराछोरीलाई कुट्ने गाली गर्ने, शिक्षकले बालबालिकालाई दुर्व्यवहार गर्ने कुरा उनीहरुको अधिकार भएजस्तो गरेर व्यवहार गरिएकाले त्यो पनि अपराध हो भनेर गाउँघरबाटै साक्षरता बढाउन जरुरी रहेको बताए ।

      उनले अहिलेको समयमा भौतिक उपस्थितिमा हुने अपराध कम हुँदै गएपनि साइबर अपराध दिन प्रतिदिन बढ्दै गएको पनि बताए।

        कमेन्टहरु