लुम्बिनी प्रदेश

    गौतमबुद्ध विमानस्थलमा भदौ १६ गतेदेखि जजिराले दैनिक उडान भर्ने

    नवलपुर टुडे
    २०७९ भदौ ८ | मध्यान्ह ०२:०५ बजे

      रुपन्देही । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

      ‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘सोही अनुसार उडान थप हुन लागेको हो ।’जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । हाल जजिराले कुवेतबाट काठमाडौंमा दैनिक र कुवेतबाट भैरहवामा साताको तीन उडान गरिरहेको छ ।

      भैरहवा विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरुको छ ।

        कमेन्टहरु