राजनीति

    जनताको साथमा कांग्रेस अभियान : कुन जिल्लामा कसलाई खटाइयाे?

    नवलपुर टुडे
    २०७९ भदौ ८ | बिहान ०७:०५ बजे

      काठमाडौं, भदाै ७ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानको घोषणा गरेको छ।

      चुनावी अभियान तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणको अभियान भदाै १० देखि २४ सम्म सञ्चालन हुनेछ।

      दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि र तेस्रो चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

      पहिलाे चरणका लागि कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ। केन्द्रीय प्रतिनिधिले तोकिएको जिल्लामा गएर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउनेछन्।

      निर्वाचनमा आफ्नो पक्षमा बहुमत ल्याउन कांग्रेसले गठबन्धनका दलहरुसँग समेत समन्वय गर्दै सुमधुर सम्बन्धसहित अघि बढ्न अभियानमा खटिएका जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ।

      कहाँ कसलाई खटाइयो?

      ताप्लेजुङः आङ्गेलु शेर्पा
      पाँचथरः प्रदीपकुमार सुनुवार
      इलामः महेन्द्रकुमारी लिम्बु
      झापाः डिला संग्रौला
      संखुवासभाः उमेशजंग रायमाझी
      तेह्रथुमः लक्ष्मी परियार
      भोजपुरः भीम पराजुली
      धनकुटाः राजीव ढुंगाना
      मोरङः ज्ञानेन्द्रबहादुर कार्की
      सुनसरीः अमृत अर्याल
      सोलुखुम्बुः कल्पना चौधरी
      खोटाङः तारामान गुरुङ
      ओखलढुंगाः लक्ष्मी खतिवडा
      उदयपुरः बलबहादुर केसी
      सप्तरीः आनन्दप्रसाद ढुंगाना
      सिरहाः महेन्द्रकुमार राय
      धनुषाः नगिना यादव
      महोत्तरीः मञ्जु खाँण
      सर्लाहीः दिनेशकुमार यादव
      रौतहटः अजयकुमार चौरासिया
      बाराः रमेश रिजाल
      पर्साः पद्मनारायण चौधरी
      दोलखाः शान्ति परियार
      रामेछापः हरिशरण नेपाली
      सिन्धुलीः दिलमान पाख्रिन
      रसुवाः राजेन्द्र केसी
      धादिङः मदनकृष्ण श्रेष्ठ
      नुवाकोटः मदनबहादुर अमात्य
      सिन्धुपाल्चोकः बहादुरसिंह लामा
      काभ्रेः रमा कोइराला
      चितवनः श्यामकुमार घिमिरे
      मकवानपुरः उमेश श्रेष्ठ
      भक्तपुरः अम्बिका बस्नेत
      ललितपुरः नानु बास्तोला
      काठमाडौंः जीतजंग बस्नेत
      गोरखाः ध्रुव वाग्ले
      लम्जुङः शंकर भण्डारी
      तनहुँः सुरेन्द्रराज पाण्डे
      कास्कीः प्रदीप पौडेल
      मनाङः गुरु बराल
      मुस्ताङः कृष्णचन्द्र नेपाली पोखरेल
      पर्वतः चम्पादेवी खड्का
      स्याङजाः चिनकाजी श्रेष्ठ
      म्यादीः दिनेश कोइराला
      बाग्लुङः अब्दुल सतार
      नवलपुरः सरस्वती अर्याल
      नवलपरासीः मानबहादुर नेपाली
      रुपन्देहीः योगेन्द्र चौधरी
      कपिलवस्तुः चन्द्रबहादुर केसी
      पाल्पाः अब्दुल रञ्जाक
      अर्घाखाँचीः गोविन्दराज पोखरेल
      गुल्मीः देवेन्द्रराज कँडेल
      रुकुमपूर्वः धना खतिवडा
      रोल्पाः मैकुलाल बाल्मीकी
      प्युठानः जावेदा खातुन जागा
      दाङः गोपाल दहित
      बाँकेः दिपक गिरि
      बर्दियाः गेहेन्द्र गिरी
      रुकुम पश्चिमः कृष्णकिशोर घिमिरे
      सल्यानः सीता देवकोटा
      जुम्लाः रंगमति शाही
      मुगुः कान्तिका सेजुवाल
      कालिकोटः जानकी सिंह
      जाजरकोटः सिताकुमारी राना
      दैलेखः राजीवविक्रम शाह
      सुर्खेतः सञ्जयकुमार गौतम
      बाजुराः अर्जुनजंगबहादुर सिंह
      बझाङः गोविन्दबहादुर शाह
      डोटीः नृपबहादुर वड
      अछामः रणबहादुर रावल
      दार्चुलाः यज्ञराज जोशी
      बैतडीः रमेश लेखक
      डडेलधुराः ईश्वरी न्यौपाने
      कञ्चनपुरः रामजनम चौधरी
      कैलालीः एनपी साउद

        कमेन्टहरु