मुख्य समाचार

    महाभियोग सिफारिस समितिको तेश्रो बैठक आज बस्दै

    नवलपुर टुडे
    २०७९ भदौ ८ | बिहान ०६:०५ बजे

      काठमाडौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

      २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ । मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।

      समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो । उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ ।

      जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ । १ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले जबराका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो ।

        कमेन्टहरु