मधेश प्रदेश

    मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख गुरूङको कमाइ धन्दा

    नवलपुर टुडे
    २०७९ भदौ ७ | मध्यान्ह ०९:०५ बजे

      रंजित चौरसिया,वीरगंज ७ भदौ । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख नान्तिराज गुरूङ्गको कमाइ धन्दा चेकिङ्ग माध्यम बनेको आरोप लाग्न थालेको छ । सवारी चेकजाचका साथै सवारी अनुमति पत्र समेत चेकजाच गर्ने अधिकार पाएका ट्राफिक प्रहरीले चेकिङ्गको माध्यमले प्रति दिन करोडौ रूपैया सर्वसाधारण संग आर्जन गरिरहेको आरोप लाग्न थालेको हो ।

      पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ, चपुर, बागमती, हरिवन, बर्दिवास, ढल्केवर, जनकपुर लागयतको बिभिन्न ठाउँहरूमा ट्राफिक प्रहरीले चेक पोस्ट स्थापना गरेपनि चेकिङ्गको नाममा अबैध तरिकाले लाखौ रूपैया आर्जन गर्ने गरेको रहस्य उजागर भएको छ । ठाउँ ठाउँमा खटिने ट्राफिक प्रहरीले बिभिन्न बहाना बनाउदै चालकहरू संग रकम असुल गर्ने गरेका हुन । ट्राफिक प्रहरी उपरीक्षक नान्तिराज गुरूङले एनि हाउ पैसा कमाउ अभियानमा लागेकै कारण कतिपय ट्राफिक प्रहरीले चिट नै नकाटी पैसा लिएर गाडि पठाउने गरेको एक टिप्परका चालक बताउछन ।

      टिप्पर चालकका अनुसार ठाउँ ठाउँमा ट्राफिक चेक हुन्छ, हुनुपनि पर्छ । तर ट्राफिक चेकिङ्गको नाममा अबैध रकम असुल गर्नु कानून विपरीत रहेको, उनले बताए । ट्राफिक नियमको पालना नगरेको खन्डमा चिट काटने ट्राफिक प्रहरीको कर्तव्य र काम पनि हो । तर रकम लिई सके पश्चात चिट नै नदिएर पठाउने गरेको कार्य कानून विपरीत रहेको र यस्तो कार्यलाई अबिलम्ब रोक्नु पर्छ, चालकले बताए ।

      यता एक जना ट्राफिक प्रहरी श्रोतका अनुसार ट्राफिक प्रहरी उपरीक्षक नान्तिराज गुरूङ प्राय सबै पोस्ट सँग महिनवारी स्वरूप रकम लिने गरेकै कारण यस्तो तरिकाको आर्थिक चान्दा आतंक मच्चाएको बताए । उहाँले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा राजमार्ग लगायत पर्साको बिरगंज, बाराको कलैया, जितपुर, परवानिपुर लगायतको राम्रा ठाउँहरूबाट समेत महिनवारी स्वरूप प्रहरी उपरीक्षक गुरूङको नाममा जाने गरेको बताए ।

      मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाकै कमि कमजोरीका कारण बढ्दै गएको यस्तो रवैयाले ट्राफिक प्रहरी संगठन बदनाम हुदै गएको छ । तसर्थ: यस्ता गतिविधिलाई बढावा दिने ट्राफिक प्रहरी उपरीक्षक माथि सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

        कमेन्टहरु