गण्डकी प्रदेश, समाज

    सिटिजन लाइफ इन्स्योरेन्स, कावासोतीद्वारा मृत्यु दाबी भुक्तानी

    नवलपुर टुडे
    २०७९ भदौ ७ | मध्यान्ह ०८:०५ बजे

      कावासोती । सिटिजन लाइफ इन्स्योरेन्स कावासोती शाखाले सोमबार मृत्यु दावी भुक्तानी गरेको छ। कावासोती – ६ बस्ने याम बहादुर रानाले यस कम्पनी मार्फत ५ लाख बिमांकको बिमा गर्नुभए थियो ।

      मृतकको यहि श्रावण ६ गते घरमै सुतेको अवस्थामा मृत्यु भएकोले मृत्ककी पत्नी कुन्ती माया रानालाई बिमा बापत पाँच लाख पन्चानब्बे हजार दाबी भुक्तानी गरेको शाखा प्रमुख जगत राम ढकालले जानकारी गराउनु भयो । अटो चलाएर गुजारा गरिरहेको परिवारमा एक्कासी आएको बज्रपातलाई बिमाले केही राहत पुर्‍याएको भन्दै कुन्ती मायाले आफ्नो पनि ५ लाखको बिमा गर्नुभएको थियो।

      सिटिजन लाइफले उत्कृष्ट बिमा योजना सहित २० प्रकारका घातक रोग मध्य कुनै रोग लागेमा उपचार खर्च दिने सुबिधासहित नेपाली बिमा क्षेत्रमा बिशिष्ट स्थान बनाउन सफल भनेको छ।

        कमेन्टहरु