समाचार

    सप्तरीमा स्थानीय र प्रहरीबीच झडप, नियन्त्रणको लागि प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

    नवलपुर टुडे
    २०७९ भदौ ७ | मध्यान्ह ०८:०५ बजे

      सप्तरी, भदौ ७ । सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

      मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई स्थानीयले अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि प्रहरी र उनीहरू बीच झडप भएको हो । झडपमा स्थिती नियन्त्रणको लागि प्रहरीले ३ राउण्ड हवाइ फायर गरिएको छ ।

      झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

        कमेन्टहरु