देश

    सोमबार बसेका मन्त्रिपरिषद् बैठकका १६ निर्णय यस्ता छन

    नवलपुर टुडे
    २०७९ भदौ ७ | मध्यान्ह ०४:०५ बजे

      काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्ने लगायतका विभिन्न १६ वटा निर्णय गरेको छ।

      बैठकले पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने, आव २०७९/८० का लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने लगायतका विभिन्न निर्णय गरेको हो।

      मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।

      photo 2022 08 23 16 31 57

        कमेन्टहरु