समाचार

    बन्दको आंशिक प्रभाव : जनजीवन प्रभावित

    नवलपुर टुडे
    २०७९ भदौ ७ | बिहान ११:०५ बजे

      दमौली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण तनहुँको जनजीवन प्रभावित भएको छ । बन्दका कारण तनहुँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् ।

      सार्वजनिक सवारीसाधनलाई प्रहरीले स्कटिङ गर्दै आफ्नो गन्तब्यमा पठाईएको छ । निजी सवारी साधन भने सडकमा प्रशस्तै देखिन्छन् । बन्दका कारण दमौलीका विद्यालय, क्याम्पस, पसल बन्द छन् ।

      जिल्लामा हालसम्म कुनै घटना नभएको प्रहरीले जनाएको छ । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ ।

        कमेन्टहरु