देश

    लुम्बिनी प्रदेश अध्यक्षद्धारा समाचारको खण्डन

    नवलपुर टुडे
    २०७९ भदौ ७ | बिहान ०९:०५ बजे

      कपिलवस्तु, ७ भदौ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले मिडिया काउन्सिलमा आफुलाई नियुक्त गर्न दबाब आएको समाचारको खण्डन गरेका छन् । उनले प्रतिस्पर्धाद्धारा गरिने रजिष्ट्रार नियुक्तीका लागि आफुले कसैलाई दबाब नदिएको र आफुलाई बदनाम गराउनको लागि समाचारमा लेखिएझै कुनै पनि दलका नेता तथा मन्त्रीले मुख्यमन्त्रीलाई दबाब नदिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

      “श्रोतको हवाला दिदै लेखिएका समाचारमा लुम्बिनी प्रदेश सरकारले प्रेस रजिष्ट्रार नियुक्त गर्न लागेको र नेकपा माओवादी केन्द्रका नेता तथा कांगे्रस एंव जसपाका प्रदेश मन्त्रीहरुले मलाई रजिष्ट्रार नियुक्त गर्नका लागि मुख्यमन्त्रीलाई दबाब दिएको प्रसंग प्रति मेरो आपत्ति छ” । गिरीले विज्ञप्तीमा भनेका छन् ।

      अध्यक्ष गिरीले लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका संचारमाध्यम र संचारकर्मीको प्रर्बद्धन, वृहत्तर विकास, व्यवस्थापन र आचार संहिता कार्यान्वयनका लागि प्रदेश सकारले “संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७८” निर्माण गरेको समेत उल्लेख गरेका छन् । अध्यक्ष गिरीले विद्येयककोे दफा ५७ मा प्रतिस्पर्धाद्धारा प्रेस रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था उल्लेख भएको र सम्बन्धित मन्त्रालयले हाल सम्म प्रतिस्प्रधाका लागि सूचना प्रकाशन, प्रशारण नगरेको हुदा सिधै रजिष्ट्रार नियुक्त गर्न नमिल्ने हुनाले समाचारमा गरिएको दाबी स्वतः निष्क्रिय देखिएको बताए । उनले कसैको इच्छा, चाहना वा कुनै नेता, मन्त्रीको दबाबमा मेरो सिफारिश भएको भन्ने समाचारको खण्डन गर्दै साथै प्रेस रजिष्ट्रारको शैक्षिक योग्यता सम्बन्धमा विद्येयक संशोधनका क्रममा संचारकर्मीहरुकै आग्रहमा सरकारले शैक्षिक योग्यता खुकुलो बनाएको दाबी गरेका छन् ।

      संचारकर्मीहरुलाई आचारसंहिता पालना गर्दै तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । साथै सरकारलाई तत्काल मिडिया काउन्सिल गठन गरि संचार विद्येयक पूर्ण कार्यान्वयनमा लैजान समेत अध्यक्ष गिरीले माग गरेका छन् ।

      photo 2022 08 23 09 37 25

        कमेन्टहरु